सिभिल बैंकले भन्यो–‘ग्राहकहरूलाई मोबाईल नम्बर अद्यावधिक गराउनू’

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाईल नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकले ग्राहकहरूलाई खाता खोल्दा प्रयोग भएका नम्बर तर हाल प्रयोगमा नआएको भए नयाँ नम्बर अपडेट गराउन आग्रह गरेको हो ।

बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर १ वर्ष यता प्रयोग गरिएको छैन भने तुरुन्तै बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई आग्रह गरेको छ ।

दूरसञ्चार सेवा प्रदायकहरूले १ वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको छ । सोही कारणले बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न आग्रह गरेको हो ।

प्रतिकृया दिनुहोस्