जनरल इन्स्योरेन्स लिमिटेडका महाप्रबन्धक एसके तमोटको कार्यकाल थप गरियो

General Insurance
  • बैंकिङ संसार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्यकाल थप गरिएको छ । कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्यकाल ३ महिना थप गरिएको हो । 

कम्पनीका महाप्रबन्धक तमोटको यही कार्तिक १८ गते करार अवधी सकिन लागेको हो । सञ्चालक समितिको निर्णय अनुसार अब तमोटको कार्यकाल आगामी माघ १८ गतेसम्म रहने कम्पनीले जनाएको छ ।

कम्पनीको यही कार्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकबाट तमोटलाई ३ महिना थप गर्ने निर्णय गरेको हो । जनरल इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती प्रक्रिया अघि बढिसकेको छ ।

त्यसकारण सञ्चालक समितिले नयाँ सिईओ नियुक्त गर्न ढिलाई भएकोले तमोटको कार्यकाल ३ महिना थप गरिएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्