ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौँ । ग्लोबल आइएमई बैंकमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको चाबहिल शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ । यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ भने बैंकका अन्य कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । 

बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै बैंकको उक्त शाखा कार्यालय बन्द गरिएको छ । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको छ ।

प्रतिकृया दिनुहोस्