ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथी खुकुरी प्रहार

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको छ । काठमाडौंको मध्य वानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको हो ।

सुरक्षा गार्डले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गर्दा उनको हातमा चोट लागेको हो । खुकरी प्रहार गर्ने गरेलगत्तै अपरिचित व्यक्ति भने फरार रहेका छन् । 

बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्डले बोकेको खुकुरी खोसेर प्रहार गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । 

घाइते भएको सुरक्षा गार्डकको उपचार काठमाडौं मेडिकल कलेजमा भइरहेको डीएसपी वस्नेतले जानकारी दिएका छन् । यस्तै खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेकाले खोजीकार्य भइरहेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्