ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्टबीच सम्झौता, ग्राहकहरुले होटलको सेवाहरूमा विशेष छुट पाउने

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । 

बैंकका ग्राहक तथा कर्मचारीहरूले सो होटल, रिसोर्ट एवमं स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूमा पाउने छुट सम्बन्धी उक्त सम्झौता भएको हो । 

ग्लोबल आइएमई बैंकका तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पाका तर्फबाट उपाध्यक्ष शरद प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ल्याण्डमार्क होटल रिसोर्टको काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटलहरूबाट उपलब्ध सेवा तथा सुविधाहरूमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ, इ-बैंकिङ तथा क्यू आर कोड प्रणालीमार्फत भुक्तानी गर्दा बैंकका ग्राहक तथा कर्मचारीहरूले छुट पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्