कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेती खोला हाइड्रोपावरमा कर्जा लगानी गर्ने, भयो सम्झौता पत्रमा हस्ताक्षर

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेतीखोला हाइड्रोमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । दुई बैंकले सेतीखोला हाइड्रोमा ३ अर्व २५ करोड कर्जा लगानी गर्ने सम्झौता भएको हो । 

सेती खोला हाइड्रोपावर प्रालिले कास्की जिल्लाको पोखरा महानगरपालिकामा निर्माण गर्न लागेको सेती खोला हाइड्रोपावर परियोजनामा यि दुई बैंकबिच कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता भएको हो । उक्त हाइड्रोपावर परियोजनाको विद्युत उत्पादन क्षमता २२ मेगावाट रहेको छ ।

उक्त सम्झौताअनुसार कुमारी बैंकले २ अर्व र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १ अर्व २५ करोड रुपैयाँ गरी कुल ३ अर्ब २५ करोड रुपियाँ बराबरको कर्जा लगानी गर्ने सम्झौता भएको छ ।

कुमारी बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा कुमारी बैंकका नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाका अनुप आचार्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्