एलआईसी नेपालद्धारा गिरीको परिवारलाई १ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

LIC Nepal Insurance
  • बैंकिङ संसार
काठमाडौं । एलआईसी नेपालले गिरीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले १ करोड रुपैयाँ बराबरको बीमा गराएको एक महिना अवधि नपुग्दै मृत्यु भएका एक बिमितको हकवालालाई बीमा दाबी भुक्तानी गरेको हो । 

एलआईसी नेपालमा बीमा गराएका सुवासचन्द्र गिरीको कोरोना भाइसर संक्रमणबाट निधन भएपछि दाबी भुक्तानी गरेको कम्पनीले जानकारी दिएको हो ।

गत साउन ४ गते एजेन्सी म्यानेजर प्रभा ज्ञवालीबाट गिरीको बीमा भएको थियो । १ करोड रुपैयाँ बराबरको बीमा गराएका गिरीको बीमा गरेको एक महिना नपुग्दै २६ दिनमा नै मृत्यु भएको हो ।

बीमा गराउने बेला उनलाई कोरोना संक्रमण देखिएको थिएन । तर साउन अन्तिम सातामा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । गत भदौ १ गते गिरीको निधन भएको कम्पनीले जनाएको छ ।

नेपाली कांग्रेस र एलआईसी नेपालको संयुक्त आयोजनामा एक कार्यक्रम गरेर मृतक गिरीको हकवालालाई दाबी भुक्तानीको चेक प्रदान गरिएको हो । 

यस्तै बिमाप्रतिको सकारात्मक धारणा वृद्धी हुने भएकोले र नेपाली काँग्रेसले पनि औपचारिक कार्यक्रम गरौं भन्ने आशय व्यक्त गरेकोले यसरी चेक हस्तान्तरण गरिएको एलआईसी नेपालका एजेन्सी म्यानेजर ज्ञवालीले जानकारी दिएकी छिन् ।

प्रतिकृया दिनुहोस्