मुक्तिनाथ विकास बैंक र नेपाल अडिटर्स एशोसिएसबीच सम्झौता, लेखापरीक्षकलाई सहज कर्जा दिने

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल अडिटर्स एशोसिएसबीच सम्झौता भएको छ । बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने सम्बन्धी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसन(अडान)मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्ने भएको छ ।

मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसको तर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

यो सम्झौताअनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

अडानले लेखाव्यवसायसँग सम्बन्धित लेखापरीक्षक एवम लेखाव्यवसायीहरुको हितका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाको८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रिय कार्य समिति रहेको छ । 

बैंकले हाल ४२ जिल्लामा १ सय ३८ वटा शाखा कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई आवश्यकता बमोजिम आधुनिक बैंकिङ सेवा प्रदान गर्नुका साथै सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्