नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोनाका कारण निधन

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको निधन भएको छ । पौडेलको कोरोना संक्रमणका कारण निधन भएको हो । 

पूर्व अध्यक्ष पौडेलको ह्याम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । कार्तिक ९ गते आईतबार उनको कोरोना संक्रमणका कारण निधन भएको उनका परिवारले जनाएको छ ।

बैंकको स्थापना कालदेखि नै पौडेल बारम्बार संचालक समितिमा रहदै आएका थिए । उनको पदावधि सकिएपछि केही समयअघि मात्रै नबिल  बैंकबाट बाहिरिएका थिए ।

प्रतिकृया दिनुहोस्