नबिल बैंकलाई एसियाली विकास बैंकले दियो ‘नेपालको अग्रणी पार्टनर बैंक’ को मान्यता

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । एसियाली विकास बैंक-ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी)ले नबिल बैंकलाई २०२० का लागि नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ ।

एशियालि विकास बैंकको टीएससीएफपीद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋणमार्फत बजारमा रहेका कठिनाई अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा टीएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

बैंकले हाल देशभरी रहेको १ सय १९ शाखा, १ सय ८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा सुविधा पंदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्