नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा बिहिबार हुने, यस्ता छन् मुख्य एजेण्डा

Narayani Development-Bank
  • बैंकिङ संसार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको साधारणसभा बिहिबार हुने भएको छ । बैंकको १८औं वार्षिक साधारण सभा आश्विन १६ गते बिहिबार हुने भएको हो ।

बैंकको भाद्र २५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार साधरणसभा हुने भएको हो । उक्त सभा भने स्टार व्याङ्क्वेट रत्ननगर चितवनमा दिउँसो १ बजेबाट सुरू हुने भएको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि आश्विन ८ गतेदेखि १६ गतेसम्म बैंकको सेयर दाखिला खारेज बन्द गर्ने भएको हुँदा आश्विन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्ने भएका छन् ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने भएको छ । यस्तैगरी बैंकको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा रहेको कम्पनीले जनाएको छ ।

यस्तै सभामा बैंकले हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको एक बराबर एकको ९१ः१० अनुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ पुर्याउने कम्पनीको उद्देश्य रहेको छ ।

प्रतिकृया दिनुहोस्