नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरको बोलपत्र आइतबार खोलिने

National Microfinance
  • बैंकिङ संसार
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समुहको सेयरमा परेका बोलपत्र खोलिने भएको छ ।

कम्पनीको संस्थापक समुहको सेयरमा परेका बोलपत्र कार्तिक १६ गते आइतबार खोलिने भएको हो ।

संस्थाले असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुल्ला गरेको थियो । उक्त सेयरमा सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु कार्तिक १६ गते खोल्ने भएको हो ।

उक्त बोलपत्र एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे खोलिने भएको छ ।

प्रतिकृया दिनुहोस्