नेपाल इन्भेष्टमेन्ट बैंकको २ वटा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले २ वटा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले शुकुलधोका भक्तपुर र माच्छेगाउँ चन्द्रगिरी वडा न ९ मा उक्त एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

शुकुलधोको एक्सटेन्सन काउन्टर एनआईबीएलका उप-महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका हुन् । यसैगरी मच्छेगाउँको एक्सटेन्सन काउण्टर भने संयुक्त रुपमा कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले उद्घाटन गरेका हुन् ।

एक्सटेन्सन काउन्टरले स्थानीय मागलाई पूरा गर्न बैंकिङ सेवाहरू प्रदान गर्ने, ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पुरा गर्ने गरी बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्