एनआईसी एशिया बैंकले ल्यायो नयाँ योजना, दुई पाङ्ग्रे सवारी खरिद गर्दा विशेष छुट पाईने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ योजना ल्याएको छ । बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट पाउने योजना ल्याएको हो । 

बैंकका ग्राहकहरुले भिजि अटोमोबाईल्सबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा ३ हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट पाउने भएका छन् ।

एनआईसी एशिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू र भिजि अटोमोबाईल्सको तर्फबाट उप-महाप्रबन्धक धिरज भट्टराईले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्