एनआइसी एसिया बैंकसहित अन्य दुई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Nic Asia Bank
  • बैंकिङ संसार
सिन्धुली । सिन्धुली जिल्लाका ३ बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सिन्धुलीमा रहेको एनआइसी एसिया बैंक, सिद्धार्थ बैंक र मेगा बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 

बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएसँगै एनआइसी एसिया बैंक, सिद्धार्थ बैंक र मेगा बैंकका उक्त शाखाहरु बन्द गरिएको छ । यसका साथै १ सहकारीका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको  छ । 

कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै उक्त सहकारी पनि बन्द भएको छ । संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ । यस्तै बिरामी कर्मचारीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ पनि भईरहेको छ ।

उनीहरुको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्र कोरोनाको उच्च जोखिममा परेको छ ।

प्रतिकृया दिनुहोस्