प्रभु बैंकद्धारा बागलुङ जिल्लालाई आर्थिक सहयोग, अशोक शेरचनले गरे रकम हस्तान्तरण

- बैंकिङ संसार
बागलुङ । प्रभु बैंकले बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त स्थानमा आर्थिक सहयोग गरेको छ । बैंकले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त रकम भने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्तान्तरण गरेका हुन् ।
असोज १५ गतेका दिन बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री राम शरण बस्नेतले निरिक्षण गरी बाढी प्रभावित बोबाङ वडा अन्तर्गतका स्थानियहरुसंग प्रत्यक्ष रुपमा भेटघाट गरेका थिए ।
स्थानियहरुको समस्या बुझी छिटो भन्दा छिटो उक्त ठाउँहरुमा केन्द्रिय विद्युत प्रसारण लाईनको सेवा पुर्याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट विशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहका लागि कार्यालय स्थापना गर्ने जानकारी गराइएको थियो ।