सानिमा बैंकका सेयरधनीहरुले आर्थिक वर्ष २०७६/७७ को लाभांश पाउने

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई १३.६० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्ताव असोज २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद (कर सहित) लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको भन्दा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

प्रतिकृया दिनुहोस्