सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल चयन

Sanima General Insurance
  • बैंकिङ संसार
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेडलाई चयन गरेको हो । कम्पनीले एक सुचना प्रकाशन गर्दै यस्तो जानकारी दिएको हो ।

अब सानिमा जनरल इन्स्योरेन्स कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने जस्ता सम्पूर्ण कार्य सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

यस्तै कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सानिमा क्यापिटल लिमिटेडमार्फत हुने पनि कम्पनीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्