सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा संचालनमा, सरल र सहज तरिकाले बैकिङ सेवा प्रदान गरिने

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको मुटु असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले कार्तिक ६ गते बिहिबारदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।

बैंकले यो शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा सुविधाको थालनी गरेको बताएको छ ।

बैंकले हाल ९२ शाखा कार्यालय, ३० एटिएममार्फत आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्