सांग्रिला डेभलपमेन्ट बैंकद्धारा १६औं वाषिर्कोत्सवको अवसरमा आमा घरलाई आर्थिक सहयोग

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले १६औं वाषिर्कोत्सवको अवसरमा आमा घरलाई आर्थिक सहयोग गरेको हो । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती प्रदेश काठमाडौ रविभवनस्थित रहेको आमा घरलाई आर्थिक सहयोग गरेको हो ।

उक्त आर्थिक सहयोगले आमा घरमा आश्रति वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जानकारी पनि गराएको छ ।

प्रतिकृया दिनुहोस्