स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने

Standard Chartered Bank
  • बैंकिङ संसार
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर दिने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने भएको हो । 

बैंकको कार्तिक १३ गते बिहिबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद गरी कुल ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको संचालक समितिको ४०३औं संचालक समिति बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त बोनस सेयर सेयरधनीहरुले पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्