सनराइज बैंकद्धारा नयाँ योजना सार्वजनिक, बस र हवाई टिकटमा विशेष छुट पाइने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुका लागि बस र हवाई टिकटमा विशेष छुट पाउने सुविधा योजना गरेको हो । 

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी हवाई टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको हो ।

बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गतेसम्मको लागी यो योजना ल्याएको हो ।

अब बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रतिबस टिकट २ सय रुपैयाँ र हवाई टिकटमा प्रतिटिकट ३ सय रुपैयाँका दरले क्यास ब्याक प्राप्त गर्न सक्ने भएका छन् । 

कोरोना महामारीले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह थप्ने विश्वास बैंकले लिएको छ । 

प्रतिकृया दिनुहोस्