सनराइज बैंकले गर्यो नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति छ व्याज ?

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले १६ प्रकारको बचत खाताको नयाँ व्याजदर सार्वजनिक गरेको हो । 

बैंकले कार्तिक १ गते शनिबारदेखि लागू हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम २ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिनासम्मको लागि ७ प्रतिशत व्याजदर दिने भएको छ । यस्तै ३ महिनादेखि १ वर्षसम्मको लागि व्यक्तिगततर्फ ७.२५ प्रतिशत व्याजदर तोकेको छ भने संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर तोकेको छ ।

यसैगरी १ वर्षदेखि ५ वर्षसम्मको लागि भने व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत व्याजदर कायम गरिएको छ । बैंकले ५ वर्षदेखि १० वर्ष सम्मको लागि भने व्यक्तिगततर्फ ८.७५ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । 

यस्तै १० वर्ष भन्दा माथिको लागि भने व्यक्तिगततर्फ ९.७५ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत व्याजदर कायम गरेको बैंकले जनाएको छ । बैंकको आधार दर ७.९९ प्रतिशत रहेको छ भने स्प्रेड रेट ४.४० प्रतिशत रहेको छ ।

यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

प्रतिकृया दिनुहोस्