स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३८ कित्ता संस्थापक सेयर बिक्रीमा

  • बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको केहि संस्थापक सेयर बिक्री गर्ने भएको हो । 

संस्थाले सेयरधनीको नाममा रहेको ३३८ कित्ता सेयर न्युनतम ९ सय रुपैयाँका दरले बिक्री गर्न लागेको हो । उक्त सेयर खरिदका लागि विद्यामान संस्थापक सेयरधनीहरुको कुनैपनि आवेदन नपरेकोले प्रचलित कानुन बमोजिम उक्त सेयरमा अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्ने भएका छन् ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई आवेदन दिन कम्पनीले आग्रह गरेको छ । यस्तै सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आइपुग्ने गरि आवेदन दिन आग्रह पनि संस्थाले गरेको छ ।

प्रतिकृया दिनुहोस्