एशियन लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् छलफल हुने विषयहरु

ASIAN Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले पुष ४ गते वार्षिक साधारणसभा डाकेको हो । कम्पनीको आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा होटल पुजन विरगंजमा हुने भएको छ । 

साधारणसभा भने बिहान १० बजे बाट सुरु हुने भएको छ । सभाका लागि मंसिर १९ गतेदेखि पुष ४ गतेसम्म बुक क्लोज हुने भएको छ । मंसिर १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन पाउनेछन् । 

सभामा २०७४/७५ असार मसान्तसम्मको नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल हुने भएको छ । यद्यपि लाभांश सम्बन्धी भने कुनै पनि एजेण्डा समावेश गरिएको छैन । यस्तै सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पेश हुने भएको छ ।

प्रतिकृया दिनुहोस्