बैंक अफ काठमाण्डूले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् छलफल हुने विषयहरु

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । बैंकले आफ्नो २६औं वार्षिक साधारणसभा मंसिर १५ गते डाकेको हो । बैंकको कार्तिक २० गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । उक्त सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भिडियो कन्फ्रेन्समार्फत हुने बैंकले जनाएको छ ।

उक्त सभामा बैंकको असोज १४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट बैंकका सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । बैंकले १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद कर सहित गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको हो ।

बैंकले साधारणसभा प्रयोजनका लागि कार्तिक २८ गते शुक्रबारदेखि मंसिर १५ गते सोमबारसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक २७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्