बेष्ट फाइनान्स लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

Best Finance
  • बैंकिङ संसार
काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र बादे श्रेष्ठलाई नियुक्त गरेको छ । 

फाइनान्सको कार्तिक १७ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई कामु सीईओमा नियुक्त गरेको हो ।
साथै सोही बैठकले राज सुन्दर श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।

यसैगरी उक्त बैठकले रिक्त रहेको महिला संचालक पदमा संस्थापक समुहतर्फबाट सुशिला खनाललाई नियुक्त गरिएको पनि कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्