सिटिजन्स बैंकले तिहारलाई लक्षित गर्दै ल्यायो नयाँ योजना, ग्राहकले संगम स्विटस्मा १० प्रतिशतसम्म छुट पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना सार्वजनिक गरेको हो । बैंकले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई संगम स्विटस्मा छुट उपलब्ध गराउने भएको छ । 

बैंकका ग्राहकहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने भएका छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजनाअन्तर्गत बैंकका ग्राहकहरुले उक्त छुट पाउने भएका हुन् । यससँगै बैंकका ग्राहकहरुले संगम स्विटसका काठमाडौं उपत्यका भित्रका कुनै पनि शाखाबाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ११ वटा शाखा, ९९ वटा एटिएम र १ सय ४ वटा शाखा रहित बैंकिङ सेवामार्फत आफ्ना सेवागौहरुहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेका छन् । यस्तै बैंकको करिब साढे ६ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्