सिटिजन्स बैंक लिमिटेडको ११ प्रतिशत लाभांश परिमार्जन

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको लाभांश परिमार्जन भएको छ । बैंकको यसअघि घोषणा गरेको लाभांशमा कुल लाभांश परिवर्तन नगरी बोनस र नगद लाभांशको दर मात्र परिमार्जन भएको हो ।

योसँगै बैंकले आर्थिक वर्ष २०७६/७७ नाफा चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम बोनस र नगद लाभांशको दर परिमार्जन गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि बैंकका सेयरधनीहरुले पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्