ग्लोबल आइएमई बैंकको नयाँ शाखा तनहुँमा, सबै क्षेत्रमा बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्य

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर ४ गते बिहिबारदेखि तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ६३ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले देशैभर फैलिएको २ सय ६३ शाखा सञ्जाल, २ सय ३८ एटिएम, २ सय ३१ शाखा रहित बैंकिङ्ग सेवा र ४५ एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकको ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय र २१ लाख भन्दा बढि ग्राहकहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्