कामना सेवा विकास बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति छ व्याज ?

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले १६ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 

बैंकले कार्तिक २१ गते शुक्रबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको उक्त बचत खातामा ३.५० प्रतिशतदेखि ५.५० प्रतिशतसम्म व्याजदर प्रदान गर्ने भएको छ । 

बैंकले मुद्दत्ती निक्षेपको संस्थागततर्फ न्युनतम ७ प्रतिशत र अधिकत्तम ८.५० प्रतिशत व्याजदर कायम गरेको छ । यस्तै मुद्दत्ती निक्षेपको व्यक्तिगततर्फ भने न्युनतम ६.५० प्रतिशतदेखि अधिकत्तम ८ प्रतिशतसम्म व्याजदर तोकिएको छ ।

हेर्नुहोस् बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

प्रतिकृया दिनुहोस्