लक्ष्मी बैंकलाई एसियाली विकास बैंकले दियो ‘नेपालको अग्रणी पार्टनर बैंक’ को मान्यता

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंकलाई ‘नेपालको अग्रणी पार्टनर बैंक’ को मान्यता दिएको छ । बैंकलाई एसियाली विकास बैंक-ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी)ले २०२० का लागि नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको हो ।

एशियालि विकास बैंकको टीएससीएफपीद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋणमार्फत बजारमा रहेका कठिनाई अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार लक्ष्मी बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा टीएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो । 

बैंकले देशभरी रहेको १ सय २१ शाखा कार्यालय, १ सय ५१ एटिएम, ७ वटा एक्स्टेन्सन काउन्टर, ४ हस्पिटल सेवा काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङएजेन्टहरु रहेको छ ।

प्रतिकृया दिनुहोस्