महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा गंगाधर पाण्डे नियुक्त

Mahuli Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा गंगाधर पाण्डे नियुक्त भएका छन् । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओ पदमा नियुक्त गरेको हो ।

बैंठकले मंसिर ८ गतेदेखिनै लागू हुने गरी पाण्डेलाई संस्थाको सीईओ पदको जिम्मेवारी दिएको हो । उनीले यसअघि नवकिरण लघुवित्त वित्तीय संस्थामा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

साथै बैठकले अध्यक्ष प्रभु नारायण चौधरीसहित ६ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिको अध्यक्ष पदमा प्रभु नारायण चौधरी, सञ्चालकमा कमल प्रसाद बस्याल, भानुभक्त निरौंला, रोशन कुमार मंडर, केशव प्रसाद भण्डारी र सर्मिला राई रहेका छन् ।

प्रतिकृया दिनुहोस्