महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार मङ्सिरबाट सुरु

Mahuli Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार सुरु हुने भएको छ । यी अुई कम्पनीको एकिकृत कारोबार मङ्सिर ८ गतेबाट सुरु हुने भएको हो । नवकिरण र महुली लघुवित्त एक आपसमा गाभिएपछि महुली लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु हुने कम्पनीले जनाएको छ । 
१००ः९५ को स्वाप रेसियोमा यी दुई संस्था एक आपसमा गाभिएका हुन् । नाम, लोगो, स्लोगन र केन्द्रीय कार्यालय महुली लघुवित्तकै रहने गरि यी दुई संस्था मर्ज भएका हुन् । नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्