मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई लभांश वितरण गर्ने

Meromicrofinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लभांश वितरण गर्ने भएको छ । कम्पनीले कुल १७.८३१५ प्रतिशत लाभांश आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने भएको हो । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कार्तिक १९ गते बुधबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १७.८३१५ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले १६.९३९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत गरी ०.८९१६ प्रतिशत नगद नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्