मल्टिपर्पस फाइनान्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Multipurpose Finance
  • बैंकिङ संसार
काठमाडौं । मल्टिपर्पस फाइनान्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । 

फाइनान्स कम्पनीले पहिलो त्रैमासमा १० लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २१ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन यस वर्षको तुलनामा फाइनान्सको खुद नाफा ५१.१८ प्रतिशतले घटेको हो । फाइनान्सले चालु आर्थिक वर्षको असोजसम्ममा १७ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १८ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । यस्तै सञ्चालन नाफा पनि २२ लाख ९ हजार रुपैयाँबाट घटेर १४ लाख ६३ हजार रुपैयाँमा कायम भएको छ । असोज मसान्तसम्म कम्पनीले ३० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३४ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा ६ करोड ९५ लाख निक्षेप संकलन गरेको फाइनान्स कम्पनीले कर्जा लगानी २ करोड ५३ लाख रुपैयाँले बढाएको छ । चुक्ता पूँजी २२ करोड ४० लाख ५७ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ रहेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात ४७.०५ गुणा रहेको छ ।

प्रतिकृया दिनुहोस्