मल्टीपर्पस फाइनान्सको वार्षिक साधारणसभा हुने, यस्ता छन् छलफल हुने विषयहरु

Multipurpose Finance
  • बैंकिङ संसार
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको मंसिर १९ गते वार्षिक साधारणसभा हुने भएको हो । कम्पनीले संस्थाको केन्द्रीय कार्यालय राजविराजमा वार्षिक साधारणसभा गर्ने भएको छ । 

सभामा कम्पनीको संचालक समितिको प्रतिवेदन पारित गर्ने र लेखापरिक्षक प्रतिवेदन सहित वासलात तथा नाफा नोक्सान हिसाब र सोहि सम्बन्धिनगद प्रवाह विवरण पारित गर्ने भएको छ । यस्तै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि रहेको छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ११ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण मङ्सिर १० गतेसम्म कायम सेयरधनीले मात्र साधरणसभामा भाग लिन पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्