एनएमबी बैंकले ल्यायो नयाँ सुविधा, भाइबर र ई-एपबाट खाता खोल्न सकिने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि नयाँ सुविधा ल्याएको छ । बैंकले घरमै बसी भाइबरमा च्याट र एनएमबि ई-एपमार्फत खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने नयाँ सुविधा ल्याएको हो । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि बैंकले उक्त सुविधा सार्वजनिक गरेको हो ।

यससँगै ग्राहकले २४ अ‍ै घण्टा सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुनेछ । बचत खाता एनएमबीको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोबारको थ्रेसहोल्डको साथ कारोबारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रूपैयाँसम्म हुने व्यवस्था गरिएको छ ।

ग्राहकले पहिलो पटकको कारोबारमा ई-एनएमबी एपको माध्यमबाट ५ सय रूपैयाँसम्म क्यास व्याक प्राप्त गर्न सक्ने भएका छन् । साथै सोहि बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगाना परिवर्तन, वैवाहिक स्थिति, पेसालगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने व्यवस्था पनि बैंकले गरेको छ ।

डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ । आफ्ना मूल्यवान ग्राहकलाई बैंकिङ अनुभवहरु प्रिष्कृत भएको महशुस गर्न २४अ‍ै घण्टा बचत खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो । हालको परिप्रेक्ष्यमा यो सेवा मार्फत सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोबारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक महत्वपूर्ण योजना रहेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्