एनआरएन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

NRN Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । 

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८५ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले १३ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको नाफा बढी हो ।

यस्तै लघुवित्तको खुद ब्याज आम्दानी ७ करोड १९ लाख ३ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा १ करोड १२ लाख ५९ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा १.५४ प्रतिशतले बढेर ३.२३ प्रतिशतले पुगेको छ । यसका साथै प्रतिसेयर आम्दानी वार्षिक ४ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्