नेपाल बैंक लिमिटेडको १९२औं शाखा दाङ्गको लमहीमा सञ्चालन

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले शाखा सञ्चालन गरेको छ । बैंकले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा शाखा सञ्चालन गरेको हो ।

बैंकको लमहीमा सञ्चालन भएको शाखासँगै शाखा संख्या १९२ पुगेको छ । उक्त शाखाको उद्घाटन आईतबार गरेको हो । लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकको हालसम्म २० सय ३ शाखा, १ सय ३२ एटिएम र ३८ एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल बैंक लिमिटेड एनिर्भसरी व्यवसाय कर्जाको सुरुवात गरेको पनि जानकारी दिएका छन् ।

वार्षिक ६.९९ प्रतिशत मात्र व्याजदर कायम गरिएको यस एनिर्भसरी व्यवसाय कर्जाको सिमा १० करोडसम्मको रहेको, व्यवसाय दर्ता भएको ६ महिना पुगेको हुनुपर्ने, उत्पादन वा खरिद लागतको १०० प्रतिशतसम्म स्टक तथा स्टक एण्ड रिसिभेवलको ८० प्रतिशतसम्म लगानी गर्न सक्नेछ ।

प्रतिकृया दिनुहोस्