नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने, नेपाल राष्ट्र बैंकद्धारा अनुमति

Nepal Investment Bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई गाभ्ने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० कित्ताको अनुपातमा गाभ्ने भएको हो । बैंकले फाइनान्स कम्पनीलाई गाभ्नको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पनि प्रदान गरिसकेको छ ।

बैंकको मंसिर ७ गते आइतबार बसेको सञ्चालक समिति बैठकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । दुवै कम्पनीको असोज २८ गते बुधबार सम्पन्न विशेष साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

प्रतिकृया दिनुहोस्