एनआइसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको हो ।

बैंकले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा घटी हो ।

बैंकले अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्