प्रभु बैंक लिमिटेडद्धारा नयाँ सेवा संचालन, समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउन सकिने

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले KYC सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त सेवा सार्वजनिक गरेको हो । प्रभु बैंकमा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.com गरी अनलाइनमार्फत KYC अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ ।

जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पूर्णरुपमा हटेको छ । प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा KYC सम्बन्धी सम्पूर्ण विवरणहरु तथा समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुने भएको छ यस्तै यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिकलाभ उठाउन सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिकृया दिनुहोस्