प्रभु बैंक लिमिटेडको नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा, कृष्ण बहादुर थापाद्धारा उद्घाटन

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको बाटुलेचौरस्थित मितेरी हस्पिटलमा कार्तिक १७ गते सोमबार नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

उक्त काउन्टरको उद्घाटन गण्डकी प्रदेशका प्रदेश सभासद माननिय कृष्ण बहादुर थापाले गरेका हुन् । उक्त काउन्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा हस्पिटलमा आउने सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकले हाल देशभरी रहेका २ सय १० वटा शाखा कार्यालय, १ सय ९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउन्टर र १७ वटा शाखा रहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्