प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढ्यो

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा बढेको छ । बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढेको हो । बैंकको यस त्रैमाससम्ममा आईपुग्दा अधिकांश सूचक वृद्धि भएको छ ।

बैंकले यस अवधिमा खुद नाफा १ अर्व १ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकको नाफा ६५ करोड ९७ लाख रुपैयाँ रहेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको नाफ ५४ दशमलव २४ प्रतिशतले बढी हो । पहिलो त्रैमासम्ममा बैंकको वितरण योग्य नाफा ४७ दशमलव ८९ प्रतिशतले बढेर ३३ करोड ८४ लाख ४६ हजार रुपैयाँ पुगेको छ । 

असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी ४६ दशमलव २३ प्रतिशतले बढेर १ अर्व ५५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको संचालन नाफा पनि ५३ दशमलव २७ प्रतिशतले बढेर १ अर्व ४४ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा १ दशमलव ३७ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८७ पैसाले बढेर २९ रुपैयाँ ११ पैसामा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहोस्