आरएमडिसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको नाफा घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

RMDC Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको यस वर्षको नाफा १ करोड २९ लाख रुपैयाँले कमी हो ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५८ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ७९ करोड ९३ लाख रुपैयाँ रहेको थियो । यस्तै जगेडा कोषमा भने १ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा लघुवित्तको खुद व्याज आम्दानी १ करोड ६७ लाख ४५ हजार रुपैयाँले घटेर १० करोड १८ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ करोड ८५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । 

त्यस्तै लघुवित्तको सञ्चालन नाफा १ करोड ९४ लाख ७३ हजार रुपैयाँले घटेर ९ करोड ६१ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ करोड ५६ लाख रुपैयाँ संचालन नाफा गरेको थियो ।

यस्तै अवधिमा लघुवित्तको सापटी ७ अर्व ५५ करोड ८७ लाख रुपैयाँबाट घटेर ६ अर्व ९६ करोड ७१ लाख रुपैयाँमा पुगेको छ । यस्तै कर्जा लगानी ८ अर्व ११ करोड ७८ लाख रुपैयाँबाट बढेर ८ अर्व २७ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २ सय ५३ रुपैयाँ कायम भएको छ । त्यसैगरी लघुवित्तको मूल्य आम्दानी ३६.५३ गुणा रहेको छ ।

प्रतिकृया दिनुहोस्