रिलायन्स लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Reliance Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । 

कम्पनीले चालु आर्थिक वर्षको त्रैमासमा ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको यस वर्षको खुद बीमाशुल्क आर्जन ९२ प्रतिशतले बढी हो । कम्पनीको चुक्ता पूँजी २ अर्व १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड ३० लाख १३ हजार रुपैयाँ रहेको छ । 

जीवन बीमा कोषमा १ अर्व ३९ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ती कोषमा १ करोड ९२ लाख २४ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको यस वर्षको नाफा ६२ दशमलव ४३ प्रतिशतले बढी हो ।

त्यसैगरी यस अवधिसम्ममा कम्पनीले बीमालेख धितोबापत १७ करोड ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ९ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात १०४.५ गुणा रहेको छ ।

प्रतिकृया दिनुहोस्