सानिमा क्यापिटल र सिद्धार्थ क्यापिटलको वार्षिक साधारणसभा कार्तिक २१ गते हुने

Sanima Capital
  • बैंकिङ संसार
काठमाडौं । सानिमा क्यापिटल र सिद्धार्थ क्यापिटलको वार्षिक साधारणसभा हुने भएको छ । उक्त दुई कम्पनीको वार्षिक साधारणसभा कार्तिक २१ गते शुक्रबार हुने भएको हो । 

सानिमा क्यापिटलको कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक काठमाडौंमा साधारणसभा हुने भएको छ । उक्त सभा अपरान्ह २ बजे हुने भएको छ । उक्त सभामा कम्पनीले ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सिद्धार्थ क्यापिटलले भने केन्द्रिय कार्यालय नक्सालमा साधारणसभा बोलाएको छ । उक्त सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्