सनराइज बैंकले आफ्ना सेयरधनीलाई ८.२८ प्रतिशत लाभांश वितरण गर्ने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई ८.२८ प्रतिशत लाभांश दिने भएको हो । बैंकको मंसिर ७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । 

बैंकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ दशमलव ८० प्रतिशत बोनस सेयर र २ दशमलव ४८ प्रतिशत नगद गरी कुल ८ दशमलव २८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्