सनराइज बैंकको ‘सनराइज बचत खाता’ सुविधा सार्वजनिक, प्रिथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्ने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले ‘सनराइज बचत खाता’ सुविधा सार्वजनिक गरेको छ । बैंकले तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज बचत खाता’ सुविधा सार्वजनिक गरेको हो । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियान अगाडी बढाउदै आएको बैंकले आफ्ना ग्राहकहरुको लागि उक्त सुविधा संचालनमा ल्याएको हो ।

यस सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्ने भएका छन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल कारोबार समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी आफैले मुद्दती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ ।यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइट http://onlineservices.sunrisebank.com.np/account/default मा गई कुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण पेश गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका ‘सनराज बचत खाता’ शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ। खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको छ ।

कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सनराइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङमार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिकृया दिनुहोस्